Skip to main content

अत्यधिक गुलियो खाँदा हुने ६ हानी, तिहारमा कस्तो मिठाइ खाने ?

 तिहारमा अत्याधिक गुलियो राखिएका परिकार खाने प्रचलन छ । पछिल्लो समयमा तिहारमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ । अत्याधिक गुलियोले गर्ने हानी यसप्रकार छन् ।

कमजोर महशुसः यदि गुलयो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरिरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ । मिठाई र गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्तिकै मात्रामा बढ्ने हुन्छ ।

सुगरको कुलतः निरन्तर अत्याधिक गुलियो सेवन गर्नुको अर्काे हानी भनेको सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्नु हो किनभने जति बढी चिनी खाइन्छ, त्यति अझै खाने चाहना बढ्छ । निरन्तर गुलियो परिकार खाँदा शरिर र दिमाग लठ्ठ हुन्छ ।

छालामा समस्याः गुलियोले छालामा गम्भिर अशर गर्छ । निश्चय नै मानिसको छाला शरिरको ऐना हो, जसले शरिरभित्र के भइरहेको छ भन्ने दर्शाउँछ । चिनिले शरिरभित्र देखाउने हानीको असर बाहिरी छालामा पनि प्रष्ट देखिन्छ । बढी गुलियो खाँदा छाला सुख्खा हुन्छ ।

निराश र चिन्ताः बढी गुलियो खानेकुरा खाँदा मुड निराश र चिन्तित हुने विज्ञहरु बताउँछन् । चिनिका कारण मानिसलाई ‘सुगर ब्लु’ अर्थात् गुलियोका कारण हुने निराशाको सिन्ड्रोम देखिने गरेको विज्ञहरु बताउँछन् । गुलियोले मानिसलाई बढी आक्रमक र आवेगात्मक बनाउँछ । डिप्रेसन र चिन्ताको अतिरिक्त गुलियोले आँखालाई धमिलो बनाउँछ ।

रुघाखोकीको जोखिमः गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाइदिन्छ, र दीर्घ रोगको सम्भावना बढाउछ । यदि तपाईलाई बारम्बार रुघा लागेको छ भने चिनि वा गुलियोको परिणाम बढी भएको हुनुपर्छ । गुलियो खाएपछि धेरैलाई खोकी लाग्ने र रुघाले सताउने गर्छ ।

अस्वभाविक तौल बृद्धि : सम्भवत तपाईलाई थाहा होला चिल्लोले शरिरलाई मोटो बनाउँदैन, बरु अरु समस्या ल्याउँछ ।  तर गुलियो खाँदा केही दिनमा नै अस्वभाविक तौल बढ्छ । सुगर र परिष्किृत कार्बोहाईड्रेडले शरिरको तौल ह्वात्तै बढाउँछ । तौल घटाउन न्यून फ्याटयुक्त डाइट खानु भएको छ तर गुलियो र अन्य कार्बोहाईड्रेड खान रोक्नु भएको छैन भने तौल घट्दैन, बरु बढ्छ । गुलियोले आमाशय (गट) मा समेत अशर गरी तौल घट्नबाट रोक्छ ।

मिठाइमा प्रयोग हुने हानिकार रसायन

देख्दा खेरी जिब्रो नै रसाउने मिठाइमा र अन्य गुलिया परिकारमा न्यून गुणस्तर र मिसावट धेरै हुुने गर्छ । मिठाईमा प्रयोग हुने ््हानिकारक रसायन यस प्रकार छन्ः  

फर्मालिनः मिठाईलाई लामो समयसम्म ताजा राख्न वा बिग्रनबाट जोगाउन मिठाइ कम्पनीहरुले फर्मालिन नाम गरेको रसायन प्रयोग गर्छन् । यो रसायन विशेषगरी लाशलाई गन्हाउनबाट जोगाउन शव गृहमा प्रयोग गरिन्छ । फर्मालिन मिसिएको परिकारले किड्नी र कलेजोलाई हानी गर्छ । यसले दम र क्यान्सर पनि निम्त्याउँछ । गर्भवती महिलाहरुका लागि यो रसायन झनै खतरनाक मानिन्छ । यस्तो रसायन मिसिएको खानेकुरा खाँदा अपांग बच्चा जन्मिने सम्भावना हुन्छ ।

सिल्भर र आल्मुनियमः तिहारमा खाईने बर्फी लगायत केही मिठाई सिल्भर लगायतका धातु मिसाइएका कागजले ढाकेर बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि निकै हानिकार मानिन्छ । मिठाई ढाक्न प्रयोग हुने सिल्भरको कागजमा अल्मुनियम पनि मिसाइन्छ । अल्मुनियमले दिमागका कोष र तन्तुलाई असर गर्छ । गर्भवती महिलालाई झन् अशर गर्छ । तसर्थ सिल्भरको कागजले ढाकेको मिठाई खानुअघि औंलाले बिस्तारै घोट्नुपर्छ । यदि सो कागज हानिकार नभए तत्कालै हराउँछ ।

गुडमा बनाएको मिठाई नै किन खाने ?

बढ्दो अस्वस्थ प्रतिष्प्रर्धासँगै आजभोली कृत्रिम गुलियो पदार्थबाट मिठाई बनाउने संस्कार बढ्दो छ । चिनि पनि परिस्किृत गरिने भएकाले विज्ञहरुले यसको सट्टा गुढ, मह र मिसावट नगरिएको खुदोबाट घरमै परिकार बनाउन सल्लाह दिन्छन् । मिसावटरहित गुडबाट बनाएका परिकार गुलियो भए पनि स्वास्थ्यलाई निम्न फाईदा गर्छः

–गुड चिनि जस्तो परिमार्जित नहुने भएको यसमा प्रशस्त आइरन हुन्छ जुन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

–गडले शरिरभित्रको अपवित्र वा दुःषित रगतलाई सफा गरिदिन्छ, जबकी ह्वाईट सुगरले यस्तो कुनै काम गर्दैन ।

–गुड मिसाएको मिठाइले शरिरमा ब्लड ग्लुकोजको मात्रा बढाउँदैन, जबकी चिनिले झन् बढाउँछ ।

Comments

Popular posts from this blog

ढाडको ब्यायाम (Exercises for Your Back)

 

ढाडको तल्लो भागका व्यायामहरू (Low Back Exercises)

 

ढाडको तल्लो भाग दुख्ने समस्या भएकाहरूले गर्नुपर्ने र गर्न नहुने कुराहरू(Do’s and Don’ts with Low Back Pain)

 बस्दा  गर्नुपर्ने कुराहरू:  • सकेसम्म कम बस्नुहोस् र थोरै अवधिका लागि मात्रै बस्नुहोस्।  • विशेषगरी गाडीमा बस्दा अडेस लगाउन सजिलोका लागि सिटमा ढाडको तल्लो भागमा तौलिया बेरेर राख्नुहोस्।  • बसेर उठ्दा आफ्नो ढाडको सामान्य वक्रतालाई कायम राख्नुहोस्। सिटको अगाडिपट्टी सरेर आफ्नो खुट्टालाई सीधा पारेर उठ्नुहोस्। कम्मरबाट अगाडितिर नझुक्ने प्रयास गर्नुहोस्।  • सबै समयमा आफ्नो ढाडको सामान्य वक्रतालाई कायम राख्ने प्रयास गर्नुहोस्। गर्न नहुने कुराहरू: • गहिरो सिट भएको होचो नरम सोफामा नबस्नुहोस्। त्यस्तो सोफामा बस्दा तपाईंको कम्मर तपाईंको घुँडाभन्दा तल जान्छ र तपाईंको ढाड घोप्टो पर्छ। तपाईंको ढाडको सामान्य वक्रता कायम रहँदैन।  • खुट्टा तेर्साएर नबस्नुहोस् (जस्तै, नुहाउन टबमा बस्दा)। उभिँदा गर्नुपर्ने कुराहरू:  • तपाईं लामो समयसम्म उभिनुपर्ने भएमा एउटा खुट्टाले खुट्टा अड्याउने स्टुलमा टेक्नुहोस्।  • काम गर्ने ठाउँको उचाई मिलाउनुहोस्।  गर्न नहुने कुराहरू:  • निहुरनुपर्ने कामहरू नगर्नुहोस्। उचाल्दा यदि सकिन्छ भने सामान उचाल्नुपर्ने काम नगर्नुहोस्। गर्नुपर्ने कुराहरू:  • सामान उचाल्ने सही तरिका अपनाउन